हामीसँग जोडिनुहोस

३४० लिटर घरेलु मदिरा नष्ट

0 मिनेट

सिरहा, भाद्र १ । सिराहा जिल्लामा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ३४० लिटर घरेलु मदिरा नष्ट गरेको छ । अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरी टोलीले सुखीपुर नगरपालिका–२, कर्जनहा नगरपालिका–८ कर्जन्हा र सिरहा नगरपालिका–५ बसभिट्टाबाट ३४० लिटर घरेलु मदिरा, एक हजार ७५ लिटर कच्चा पदार्थ र मदिरा बनाउने चार थान मेसिन नियन्त्रणमा लिई नष्ट पारेको हो । नियन्त्रणमा लिएको घरेलु मदिरा, भाँडाकुँडा र कच्चा पदार्थ स्थानीयवासी र वडाध्यक्षलगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ