हामीसँग जोडिनुहोस
Latest
मङ्लबार, साउन २६, २०८३

योजना आयोगका कर्मचारी कार्यालयमै मृत भेटिए

0 मिनेट

काठमाडौं,३ भाद्र । राष्ट्रिय योजना आयोगका एक कर्मचारी मंगलबार कार्यालय भित्रै मृत अवस्थामा भेटिएका छन् । कार्यालय भित्रको मिटिङ हलमा कार्यालयका नायब सुब्बा बच्चुराम केसीको शव भेटिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । ‘योजना आयोगका नायब सुब्बा केसीको शव नजिकै सेल्फास नाम गरेको विषादीको बट्टासमेत भेटिएको छ । फरेन्सिक अधिकारीसहित परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रवक्ता बोगटीले बताउनुभयो ।
केसीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहे पनि अनुसन्धानपछि मात्र सत्य तथ्य बाहिर आउने प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ