हामीसँग जोडिनुहोस

मकवानपुरमा १०३ केजी लागुऔषध सहित पाँच पक्राउ

1 मिनेट

मकवानपुर,३ भाद्र । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्लाको राक्सीराङ गाउँपालिका वडा नम्बर–३, सरिखेत पलासे र हेटौंडा–१५ रातोमाटेबाट प्रहरीले एक सय ३ केजी गाँजासहित पाँच जनालाई मंगलबार पक्राउ गरेको हो । पलासे बसपार्कबाट ८१ केजि ७६० ग्राम गाँजासहित १ जना पक्राउ परेका हुन् । गाँजासहित पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर–९ बस्ने ४० वर्षीय घुरन साहलाई रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो । मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटिएको टोलीले ४ वटा प्लास्टिकको बोरामा गाँजा प्याक गरेर गाडी कुरिरहेको अवस्थामा फेला पारेर बरामद गरेको हो ।

यसैगरी रातोमाटेबाट कारमा राखेर निकासी गर्न लागिएको अवस्थामा २१ केजी ५ सय ग्राम गाँजा बरामद गरेको हो । कारसहित चार जनालाई नियन्त्रणमा लिइएको एसपी सिंहले जानकारी दिनुभयो । कार र गाँजासहित भारतको मोतिहारी, नयाटोल बस्ने २५ वर्षीय कार चालक मुकेश सहनी, कारमा रहेका त्यसै ठाउँका २५ वर्षिय राज कुमार, मोतिहारी चिन्तामनपुरको हरीसिद्धि बस्ने ३५ वर्षीय ओम प्रकाश चौधरी र नेपालकै पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका(५ बस्ने ५० वर्षीय जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ