
भाद्र ४ । लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने प्रतिष्पर्धामा २०७६ एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमले आज माल्दिभ्सको सामना गर्दे छ । आज जित्ने टिमले सेमिफाइनल यात्रा तय गर्ने छ । नेपालको भने जित्नै पर्ने दबाब मा छ। समुह ए बाट किर्जि्र्गिस्तानले लगातार दुई खेलमा जित निकालेर सेमिफाइनल पुगिसकेकाले पनि नेपाल प्रतियोगितामा निश्चित जितका लागि प्रतिष्पर्धा गर्ने छ । दुवै टोली प्रतियोगितामा जितविहीन छन् । तीन टिम रहेको समूहमा दुवै टिमलाई हराएर किर्जि्र्गिस्तान समूह विजेताका रुपमा सेमिफाइनल पुगेकाले केवल एक जितले यि दुई मध्ये एक टिमले अघिल्लो चरणमा स्थान बनाउने छ। किर्जि्र्गिस्तानले उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दे अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।






