हामीसँग जोडिनुहोस

रविको पक्षमा भइरहेको आन्दोलन डलर खाएर भइरहेकोः सांसद विक

1 मिनेट

भाद्र ४ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खेमकुमार विकले रविको पक्षमा भइरहेको जुलुस र प्रदर्शनका नाममा देशमा हिंसा भड्काउन खोजिएको आरोप लगाएका छन् ।
‘रवि लामिछानेसँग सम्बन्धित जुलुस, धर्ना देशका केही ठाउँमा भइरहेको छ । जसमार्फत् हिंसा भड्काउने कोशिश हुँदैछ’, उनले भने, ‘हिजै (मंगलबार) पनि काठमाडौँको माइतीघरबाट निस्केको जुलुसमा शंकास्पद पदार्थ (पेट्रोल?) भरिएका वियरका बोत्तल बोकेर हिँडेको देखेँ ।
‘सरकाले कानुन कार्यान्वयन गर्दा त्यसको नाममा कम्युनिष्टको विरोध गर्दै वर्तमान प्रधानमन्त्रीको पुत्ला दहनसम्म भयो’, विकले भने, ‘रविको पक्षमा भइरहेको यो आन्दोलनका पछाडि कुन शक्ति छ? यो आन्दोलन डलर खाएर भइरहेको छ। सरकारको ध्यान यसमा जानुपर्छ, यसको छानबिन हुनुपर्छ।’

ट्रेण्डिङ