
कलैया भाद्र ४ । कलैयाको भरत चौकस्थित सिंह कम्प्लेकसमा माछापुछ्रै बैंकले शाखा बिस्तार गरेको छ । बैंकका अध्यक्ष वीरेन्द्र महतोको अध्यक्षतामा कलैयाका नगर प्रमुख राजेश राय यादवले पानसमा बत्ती बालेर शाखाको उदघाटन गरे । त्यस अवसरमा कलैयाका उद्योगी, प्यापारी, नागरिक समाज, पत्रकार र बैंकका कर्मचारीको उपस्थिति रहेको शाखाका प्रमुख रामजी दासले बताउनुभयो । यो शाखा बैंकको १३६ औँ शाखा हो ।

Related

अन्य समाचार
बिटुमिन अभावले धुलिखेल–खावा सडकखण्डको कालोपत्रे दुई महिनादेखि रोकियो काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको पक्की निर्माण कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैतमा करिब एक महिनासम्म रातिको समयमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर डिबिएम (Dense Bituminous Macadam) कालोपत्रे गरिएको थियो। तर बिटुमिन अभावका कारण त्यसयता पक्की निर्माणको काम रोकिएको छ।धुलिखेल चोकदेखि करिब २.५ किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणमा पक्की निर्माण गरिएको थियो। उक्त खण्डमा वैशाखदेखि सबै प्रकारका सवारी साधनलाई दुईतर्फी सञ्चालनको अनुमति दिइएको छ।कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बिटुमिन अभावकै कारण बाँकी सडक पक्की गर्ने काम र पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि अस्फाल्ट तह थप्ने कार्य रोकिएको हो। चार किलोमिटर सडक स्तरोन्नति योजनाअन्तर्ग
विहादी गाउँपालिकाद्वारा दूध उत्पादक कृषकलाई प्रतिलिटर ७ रुपैयाँ ५० पैसा अनुदान
साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुङ्गा–नौबिसे सुरुङमार्ग, यस्तो छ टोल शुल्क






