
काठमाडौ, भाद्र ४ । पूर्वमुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह आजदेखि ९२ औं वर्षमा लाग्नुभएको छ । हाल विदेश भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले उहाँको जन्मोत्सवमा ट्विटरमार्फत शुभकामना दिँदै मुमा रत्न असाधारण जीवन र धेरै वर्षदेखि चम्किलो उदाहरण भएको जनाउनुभएको छ ।
रत्नतर्फ सन्तान नभए पनि इन्द्रतर्फका तीन छोरा र तीन छोरीकी आमा बनेर जीवन बिताउँदै आउनुभएको छ । आफ्नो तर्फबाट सन्तान नभए पनि बालहित र संरक्षणमा विशेष चासो राख्ने भएकाले अनाथालय र बालमन्दिरहरूको प्रबर्द्धन तथा संरक्षणमा उहाँ लागेकाले उहाँको जन्मदिनलाई बाल दिवसका रूपमा मनाउने गरिन्थ्यो । उहाँको नारायणहिटी दरबार परिसरको एउटा कुनामा रहेको महेन्द्र मञ्जिलमै जीवन बिताउने चाहना राखेपछि उहाँ केही सहयोगी साथ त्यहीँ बस्दै आउनुभएको छ ।






