
७ भाद्र २०७६ चितवन । चितवन रष्ट्रिय निकुञ्जमा अर्ना र र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी वन्यजन्तु थप गरिने भएको छ ।
२०७३ सालमा खुला खोर निर्माण गरी निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले एक करोड बजेट विनियोजन गरेको छ । हाल २२ हेक्टर जमिनमा विद्युतीय ‘पिसीसी मेस’ जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरिने ढकालले बताउनुभयो । सँगै जोडेर वा गैँडालगायतका जनावरलाई वारपार गर्ने ठाउँ छाडेर कुन तरिकाले गर्दा उपयुक्त हुन्छ सोहीअनुरुप काम गरिने उहाँले जानकारी दिनुभएको छ ।






