हामीसँग जोडिनुहोस

पूर्व अर्थ मन्त्री अरुण जेटलीको निधन

1 मिनेट

७ भाद्र २०७६ काठमाडौं । भारतका पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टी(बीजेपी) का वरिष्ठ नेता अरुण जेटलीको नीधन भएको छ । गत ९ दिनदेखि दिल्लीमा रहेको एम्स अस्पतालमा उपचार गराईरहनुुभएका उहाँको ६६ बर्षको उमेरमा शनिवार निधन हो ।
एम्स अस्पतालकी प्रवक्ता आरती विजका अनुसार जेटलीको निधन शनिबार मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा भएको बर्ताईएको छ ।
पछिल्लो शनिबार मात्रै भारतीय रक्षा मन्त्री राजनाथ सिंह जेटलीको स्वास्थ्य अवस्था बुझ्न एम्स अस्पताल पुग्नुभएको थियो ।
त्यसभन्दा पहिले अगस्ट ९ मा प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्य मन्त्री हर्षवद्र्धनलगायत अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । यही महिना श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
मोदीको पहिलो कार्यकालमा अर्थ मन्त्री रहेका जेटली स्वास्थ्यमा आएको खराबीसँगै नयाँ सरकारमा कुनै जिम्मेवारी नलिने बताएका थिए ।  भारतले यसै महिना मात्रै दुई जना वरिष्ठ राजनीतिज्ञलाई गुमाएको छ ।

ट्रेण्डिङ