
८ भाद्र २०७६, भक्तपुर । भक्तपुर मा कस्तुरी तिज धमाका भब्यताका साथ सप्पन्न भएको छ । कस्तुरी फेसन एन्ड सलुन को आयोजनामा सप्पन्न तिज कार्यक्रम मा भक्तपुर का सयौं महिला दिदिबहिनी हरु को उपस्थिति रहेको थियो। चर्चित हाँस्य अभिनेत्री बसुन्धरा भुसाल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भक्तपुरका ४ बिशेष महिला सहित चर्चित गायक आयुस के सि लाई संम्मान गरिएको थियो । चर्चित धावक कान्छि माया कोजु,बाजा क्विन इन्दिरा लाछिमस्यु, सामाजिक अभियन्ता तथा आत्म रक्षा प्रशिक्षक पद्मा खयरगोली, मिस भक्तपुर रोशिका देउजा सहित गायक आयुस के सि लाई भक्तपुर बाट प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पहिचान सहित योगदान गर्न सपÞmल भएको मा बिशेष संमान गरिएको थियो । सम्मान गर्दै प्रमुख अतिथि बसुन्धरा भुषाल ले भक्तपुर सङ बिशेष पारिवारिक सम्बन्ध रहेको र महिला हरु ले परम्परागत सोँच बाट माथी उठेर अधि बढनु पर्ने र यस्ता तिज कार्यक्रम ले महिला दिदिबहिनी हरुलाइ मनोरंजन को साथमा सशक्तीकरण पनि गर्ने भनाइ राख्दै सम्मानित ब्याक्तित्व लाई बधाई दिदै कार्यक्रम भब्य सफलता को कामना गर्नु भयो।

कार्यक्रम लाई गायक तथा कार्यक्रम का संयोजक कपिल कसपाल ले संचालन गर्नु भएको थियो भने। केहि चर्चित गीत प्रस्तुत गरेर माहोल लाई तताउनु भएको थियोे ।क्रमशः गायक आयुस के सि,गायिका बर्षा सिलवाल,मिरा गोर्खाली,बुनु श्रेष्ठ ,गायक अनिल नवाङ सहित युवा र्यापर प्रबिन तामाङ वाइवा र रोजन बराइली को बिशेष प्रस्तुति रहेको थियोे । कार्यक्रम को सभापतित्व कस्तुरी फेसन एन्ड सलुन कि अध्यक्ष अनु गिरि ले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन सलुन का संचालक रबिन अवाल ले गर्नु भएको थियो । निकट भविस्य मा यस्ता विभिन्न कार्यक्रम हरु निरन्तर आयोजना गरिने र प्रतिभा को खोजी र संमान गरिने कार्यक्रम का संयोजक कपिल कसपाल ले बताउनु भयो ।
Related







