
८ भाद्र २०७६ । स्वास्थ्योपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा शुक्रबारबाट सुरु सुरु भएको छ ।
उहाँको अवस्था सामान्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार सुरु भएको उहाँका निजी चिकित्सक डा.दिव्यासिंह शाहले जानकारी दिनुभएको छ । यस्तो उपचार विधि फेरी गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको शरिरमा एण्टिबडीको मात्रा बढेको र त्यसलाई कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउने गरिन्छ । प्लाज्मा फेरेसिस भनेको रगतमा रहेका अस्वस्थ प्लाज्मालाई निकालेर स्वस्थ प्लाज्मा राख्ने पद्दति भन्ने बुझिन्छ ।
यो उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले फेरि मिर्गौला प्रत्यारोपण पनि हुनसक्ने काफ्लेले बताउनुभयो ।
प्लाज्मा फेर्ने काम सफल भएमा मिर्गौलाले अझ राम्रो काम गर्न सक्छ भने असफल भएको खण्डमा त्यसले मिर्गौला फेल गराउने सम्भावना बढाउँने उहाँले बताउनुभयो । ‘मिर्गौला फेल भयो भने फेरि डायलाइिसस नै विकल्प हो’, उहाँले भन्नुभयो, ‘प्लाज्मा फेरेसिस असफल भए ज्यान जोखिममा पर्दैन यसले मिगौला फेल गराउन सक्ने सम्भावना भने बढाउँछ ।’
गएको साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर फर्केको ३ हप्ता नबित्दै प्रधानमन्त्री ओली गएको बिहीबार फेरि उपचारका लागि सिंगापुर जानुभएको हो । प्रधानमन्त्री ओलीको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।



