हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

हङकङमा सरकार विरोद्ध प्रदर्शन जारी

1 मिनेट

८ भाद्र २०७६, हङकङ । हङकङमा सरकार विरोधी प्रदर्शनमा उत्रेका २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत राति प्रहरी र प्रदर्शनकारीबीच औद्योगिक क्षेत्र रहेको कुन तोङमा झडप भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथ पेट्रोल बम प्रहार गरेको छ । त्यसपछि प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनका कारण चार मेट्रो स्टेशन प्रभावित भएका थिए भने सडकहरु अवरुद्ध भएका थिए । प्रदर्शनकारी पक्राउ परेसँगै फेरि हङकङमा नयाँ प्रदर्शन सुरु हुने तयारी रहेको छ।
करिब दुई महिनाअघि हङकङ सरकारले मेनल्यान्ड चाइनामा सजिलै बन्दी सुपुर्दगी गर्न त्यहाँको संसदमा सुपुर्दगी विधेयक दर्ता गराएपछि हङकङमा विरोध सुरु भएको थियो । आन्दोलन उग्र बन्दै गएपछि हङकङ सरकारले विधेयक स्थगन गरेको थियो । तर, प्रदर्शनकारीले भने विधेयक स्थगनमात्रै नभइ फिर्ता हुनुपर्ने र हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने भन्दै सडक संघर्ष गरिरहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।