हामीसँग जोडिनुहोस

प्रदेश २ को नाम र राजधानीमा सकस, पाँचवटा प्रस्ताव दर्ता

1 मिनेट

८ भाद्र २०७६, वीरगंज । प्रदेश २ को नामकरण र स्थायी राजधानीको विषयले अहिले चर्चा पाइरहेको छ । प्रदेशसभा गठनको डेढ वर्षभन्दा बढी भए पनि नामकरण र स्थायी राजधानी टुगो लाग्न सकेको छैन । भदौ ५ गते प्रदेशसभामा नाम र राजधानीबारे पाँचवटा प्रस्ताव दर्ता भएसँगै विषय पुनः चर्चामा आएको हो ।
सरकार बनेको १८ महिना बितेपछि मात्र प्रदेशको नामकरण र राजधानीको विषयमा विभिन्न दल र समूहमा गरी पाँचवटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुशवाहले जानकारी दिनुभयो ।
प्रदेशको नामकरणका लागि चार दलले अलग–अलग नाम प्रस्ताव गरेका छन् । स्थायी राजधानी विषयमा समेत दलहरूले फरक–फरक प्रस्ताव गरेका छन् ।
कुशवाहका अनुसार सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले संयुक्त रूपमा प्रस्ताव दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसले अलग–अलग प्रस्ताव दर्ता गराएका छन्।
प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्न सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेका छ। राजधानी धनुषालाई नै राख्ने उक्त प्रस्तावमा उल्लेख छ । प्रमुख प्रतिपक्ष नेकपाले ‘जानकी प्रदेश’ नाम राख्न प्रस्ताव गरेको हो भने राजधानी जनकपुरधामलाई प्रस्ताव गरेको छ । प्रतिपक्षी कांग्रेसले भने ‘मिथिला–भोजपुरा प्रदेश’ नाम राख्नुपर्ने प्रस्ताव गरेको छ । राजधानी बृहत् जनकपुरधाम प्रस्तावित छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।