हामीसँग जोडिनुहोस

जी–७ बैठकमा अकस्मात इरानी विदेशमन्त्री

1 मिनेट

९ भाद्र २०७६ । फ्रान्समा जारी जी–सेभेन राष्ट्रहरुको बैठकमा अचानक इरानी विदेश मन्त्री पुगेका छन् । बैठकमा इरानको परमाणु कार्यक्रमलाई लिएर चिन्ता व्यक्त भइरहेको ठाउँमा इरानी विदेश मन्त्री मोहम्मद जाभेद जारिफ फ्रान्स पुगेका हुन् । उनलाई बैठकमा बोलाइएको थिएन भने इरान जी–सेभेनको सदस्य वा पर्यवेक्षक राष्ट्र होइन । अन्तर्रा्ष्ट्रिय सञ्चरमाध्यमहरुका अनुसार फ्रान्स पुग्नुभएका इरानी विदेश मन्त्री जाभेदले तटीय सहर बियारिट्जमा साइडलाइन वार्ता गरेका छन् । त्यो क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित विश्वका ७ धनी देशका प्रमुखहरु र केही पर्यवेक्षक देशका नेताहरुको सहभागिता थियो। जाभेदलाई साइड लाइन वार्ता स्थलमा देखेपछि अमेरिकी अधिकारीहरु छक्क परेका थिए ।
साइडलाइन वार्ताहरुमा इरानको परमाणु कार्यक्रम मुख्य विषय बनिरहेका बेला जाभेद पुगेका हुन्। जाभेदले फ्रान्सका समकक्षी एवम् फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ तथा जर्मनी र बेलायतका अधिकारीहरुसँग भेटवार्ता गरेका छन् । जी–सेभेनका देशहरु इरानी परमाणु कार्यक्रमको विपक्षमा छन् । ती मुलुकले इरानलाई परमाणु कार्यक्रम बन्द गर्न दबाब दिँदै आएका छन् ।

ट्रेण्डिङ