हामीसँग जोडिनुहोस

निर्माणाधीन घरको छतबाट खस्दा जनकपुरमा एक मजदुरको ज्यान गयो

0 मिनेट

९ भाद्र २०७६,धनुषा । धनुषाको जनकपुरमा निर्माणाधीन घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ भने एक मजदुर घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ पीडारीका रामसोगारथ साहको निर्माणाधीन घरको छतमा काम गरिरहेको बेला सोमबार बिहान दुवै जना लडेको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा सप्तरीको सम्भुनाथ नगरपालिका–६ बगरहटबाट ४० वर्षीय नन्दु मण्डल रहेको प्रहरीले जनाएको छ । उहाँको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेकाले घटनास्थलमै ज्यान गएको हो । घाइते ३० वर्षका हरिकातन्त मण्डल रहेका छन् । उहाँको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

ट्रेण्डिङ