
९ भाद्र २०७६,रोल्पा । रोल्पा नगरपािलकाको गौरवको योजना अन्तरगत नगरपालिकाको वडा नं ३ मा नेपालकै अग्लो भ्यू टावर बन्ने भएको छ । नगरपालिकाको सात्दोबाटो नजिकैको लेकमा नेपालकै सबैभन्दा अग्लो भ्यू–टावर बनाउन सुरु गरिएको हो । अबको २ बर्ष भित्र निर्माण सम्पन्न गर्नेगरि १ सय १० फिट उचाइको भ्यू टावर बनाउने नगरपालिकाको योजना छ ।
५ करोड बढी लगानीमा निर्माण हुने भ्यू टावरको ऊर्जा जलस्रोत तथा सिँचाइँ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको छ । भ्यू टावरको शिलन्यास गर्दै मन्त्री पुनले सबैभन्दा धेरै सम्भावना बोकेको पर्यटन क्षेत्र भएकाले यस्ता पूर्वाधारले पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । समुद्री सतहबाट करिब २३ सय मिटर उचाइमा रहेको यो लेकबाट मौसम सफा रहेको बेला धौलागिरी, अन्नपूर्ण, सिस्ने हिमाल हेर्न सकिन्छ ।

Related

अन्य समाचार
भक्तपुरका मसाज सेन्टरबाट ६४ जना र अन्य गरि ७९ जना पक्राउ
गोकर्णेश्वरमा बैशाख २४ गतेदेखि सुरु हुदै ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, सम्पूर्ण तयारी पुरा
आन्तरिक राजस्व कार्यालयले दिदै आएको प्यान, भ्याटलगायतका सेवा अब सूर्यविनायक नगरपालिकाबाट सुरु हुन्छ : नगर प्रमुख वासुदेव थापा






