हामीसँग जोडिनुहोस

नेपालकै अग्लो भ्यू–टावर निर्माणको काम सुरु

1 मिनेट

९ भाद्र २०७६,रोल्पा । रोल्पा नगरपािलकाको गौरवको योजना अन्तरगत नगरपालिकाको वडा नं ३ मा नेपालकै अग्लो भ्यू टावर बन्ने भएको छ । नगरपालिकाको सात्दोबाटो नजिकैको लेकमा नेपालकै सबैभन्दा अग्लो भ्यू–टावर बनाउन सुरु गरिएको हो । अबको २ बर्ष भित्र निर्माण सम्पन्न गर्नेगरि १ सय १० फिट उचाइको भ्यू टावर बनाउने नगरपालिकाको योजना छ ।
५ करोड बढी लगानीमा निर्माण हुने भ्यू टावरको ऊर्जा जलस्रोत तथा सिँचाइँ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभएको छ । भ्यू टावरको शिलन्यास गर्दै मन्त्री पुनले सबैभन्दा धेरै सम्भावना बोकेको पर्यटन क्षेत्र भएकाले यस्ता पूर्वाधारले पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । समुद्री सतहबाट करिब २३ सय मिटर उचाइमा रहेको यो लेकबाट मौसम सफा रहेको बेला धौलागिरी, अन्नपूर्ण, सिस्ने हिमाल हेर्न सकिन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।