
९ भाद्र २०७६,कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्र नजिकको गेडुवाजोतबाट भन्सार छली ल्याईएका खसी बोका प्रहरीले बरामद गरेको छ । आईतबार १ लाख ४ हजार मूल्य बराबरको खसी बोका बरामद गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी टोलीले अवैध रुपमा भारतबाट सीमा पार गरी नेपाल ल्याइएको १३ वटा खसी बोका बरामद गरेको जनाएको छ । बरामद गरिएका खसी बोका प्रहरीले पशु क्वारेन्टाइन कार्यालय कृष्णनगर बुझाएको जनाएको छ ।
ती खसी बोका लिलाम बढाबढ गरी आइतबार नै एक लाख ४ हजार रुपैयाँमा लिलाम गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका इन्चार्ज प्रहरी निरीक्षक मधु नेपालले बताउनुभयो ।






