हामीसँग जोडिनुहोस

इटहरीका जनप्रतिनिधिको आक्रोस टयाङ्गग्रापूल मर्मत गर्न सडक डिभिजन किन उदासिन

1 मिनेट

९ भाद्र २०७६ । इटहरी, सडकमा भएका खाल्डाखुल्डी पूर्न र टयाङ्गग्रापूल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोस ब्यक्त गरेका छन । सडक शुसासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत कार्यालयहरु सँग गरेको छलफल कार्याक्रममा आक्रोस जनाएका हुन । छलफलमा इटहरी वडा नम्वर ६ का वडाध्यक्ष चन्द्र भटटराईले टयाङ्गग्रापूल मर्मतमा सडक डिभिजन कार्यालयले देखाएको ढिलासुस्ती र गुणस्तहीन कार्यको वारेमा ध्यानाकर्षण गराउनुभयो । उहाँले सडकमा भएका खाल्डाखुल्डी पूर्न र टयाँग्राखोलाको पूल मर्मतमा किन लापरवाही गरिएको होे प्रश्न गर्नुभयो । काम भएपनि टालटुले काम हुने र निर्माण नसकि भत्किने वताउनुभयो । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीको पटक पटकको ताकेतामा टयांग्रापूलको मर्मत भएपनि पून भत्किएको छ । दुवै तर्फका रेलिङ्ग भत्किएका कारण दुर्घटनाको जोखिम वढेको छ । टयाङ्गग्रापूल पूर्व पश्चिम सडक खण्डमा पर्ने इटहरी वजारमै रहेको पूल हो । जुन पुल भएर दिनमा हजारौ सवारी साधन गुडछन ।सडकमा दर्जनौ खाल्डाखुल्डीका कारण यातायात आवागमनमा समस्या छ । सडकडिभिजन कार्यालय विराटनगरका इन्जिनियर कैलाश देवले भने सडकमर्मतमा वर्षमा सालवसाली टेण्डर हुने र त्यो साउन भदौमा मात्र हुने जनाउनुभयो । यसवर्षको टेण्डरनै अझै नखुलेको वताउनुभयो । अहिले अमानतीमा कार्य भएकाले प्राथमिक उपचार जस्तो मात्र भएको सुनाउनुभयो । वडाध्यक्ष भटटराईले आक्रोस जनाउनुभयो “विपद प्रकोपका वेला भएका खाल्डाखुल्डी पूर्न टेण्डरै कुर्न मिल्छ ? यदि सडकडिभिजनले सक्दैन भने सक्दिन भन्नुभयो हामी गछौ ।” राजमार्ग संघीय सरकार अन्र्तगत भएकाले स्थानीय तहले सडकमा खर्च गरे वेरुजु आउने समस्या भएकाले काम गर्न नमिल्ने अवस्था छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रिजालले आवश्यकता र औचित्यका आधारमा सडक र पूल मर्मत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीय सरकारले सडक वनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरे उपयुक्त हुने धारणा राख्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।