
भक्तपुर | नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा संचालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत संचालित विपद् प्रतिकार्यका लागि सामुदायिक पहल प्रशिक्षण सम्पन्न भएको छ ।मध्यपुर थिमि नगरपालिका अन्तर्गतका कार्यक्रमको लक्षित समूह, नेपाल प्रहरी, रेडक्रसका स्वयम्सेवकहरु लाई खोज तथा उद्धार सम्वन्धी ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्ने र पहिलो उद्धारकर्ता तयार गरी समुदायमा हुने विपद्का समयमा खोज तथा उद्धार सेवालाई प्रभावकारी बनाउन उद्देश्यले भाद्र ५ देखि भाद्र ८ गतेसम्म संचालित प्रशिक्षणमा ६ पुरुष र १७ महिला गरी २३ जनाको सहभागिता रहेको थियो भनेसोहि प्रशिक्षण भक्तपुर नगरपालिका अन्तर्गतका कार्यक्रमको लक्षित समूह र रेडक्रसका स्वयम्सेवकहरु लाइ भाद्र ९ देखि भाद्र १२ गतेसम्म संचालन गरिने छ ।
प्रशिक्षणमा तालिमको परिचय, घटिरहनेविपद्रसामुदायिकउद्वारकर्तासमुह,पारिवारिक सुरक्षाएंवप्रतिकार्यकालागितयारीरघटनानिर्देशप्रणाली,आधारभूतजिवनसुरक्षा,प्राथमिकउपचाररट्रियाज,शवव्यवस्थापन,आग्लागी,आधारभूतखोजतथाउद्वारविधि,पानीजन्य आपत्काल र परिस्थितिजन्य आपत्काल लगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अभ्यास गरीएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि महानगरिय प्रहरी परीसरका प्रहरी उपरिक्षक सबिन प्रधानले प्रमाणपत्र वितरण गर्नुहुदै यस तलिमको महत्वबताउनु भयो र नेपाल रेडक्रस सोसाइटीलेविपद् ब्यवस्थापनको क्षेत्रमा गरेको कामबारे प्रसंसा गर्दै आफुपनि विपद् प्रतिकार्यका लागि सामुदायिक पहल प्रशिक्षणको अनुगमन टोली सदस्य भएको जानकारी गराउनु भयो । कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय अनुसन्धान कार्यलयबाट सुरेन्द्र कोइरालाको उपस्थिति रहेको थियो र सहभागीहरुलाइ प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व गर्नुभएको भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसले प्रदान गर्ने मानवीय सेवाका बारेमा रविपद् जोखिम ब्यवस्थापनको क्षेत्रमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल प्रशिक्षणद्वारा उद्धारकर्ता तयार गरी समुदायमा हुने विपद्को समयमा खोज तथा उद्धार सेवालाई प्रभावकारी बनाउन यस तलिमको महत्व रहेको बताउनुभयो । उहाँले समुदायमा कुनैपनिविपद्को अवस्थामा पहिलो उद्धारकर्ता समुदाय आफै हुने भएकोले समुदायमानै जनशक्तितयार गर्नका लागी यो तलिम संचालन गरिएको भन्ने कुरा पनि बताउनु भयो ।कार्यक्रममा अतिथिको रुपमाभक्तपुर जिल्ला शाखाका मन्त्री परशुराम पाण्डे, भक्तपुर जिल्ला शाखाका कार्यसमिति सदस्य धर्मराज कार्की र सुरज मिश्र साथै उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमको जिल्ला संयोजक नीलम ढुंगाना रहनु भएको थियो ।
आगलागी कसरी नियन्त्रण गर्ने भन्ने जनचेतना प्रदान गर्न केन्द्रिय कार्यालयबाट आउन’ भएका सैलेन्द्र थापाले आध’निक भि.आर क्यामरा प्रविधिको (ख्ष्चतगब िच्भबष्तिथ) प्रयोग बारेमा छलफल र सहभागीलाइ अभ्यास पनि गराएका थिए. आधुनिक प्रविधिबाट विपद् जोखिम न्यूनिकरणमा स्थानीय समुदायको क्षमता बढाउने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी र कोरियन रेडक्रसको साझेदारीमा प्रविधिमा आधारित (ख्ष्चतगब िच्भबष्तिथ द्यबकभम) विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्धारा बृटिश रेडक्रसको आर्थिक सहयोगमा भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा सेप्टेम्बर २०१६ देखि अगष्ट २०२१ सम्मको लागि उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमसंचालन भइरहेको छ ।






