हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

भारतकी नयाँ सेलेब्रिटी रानु

1 मिनेट

१० भाद्र २०७६ । रातारात सेलिब्रेटी बन्न सफल मध्ये रानु मन्डलको आज चर्चा भइरहेको छ । उनी रेलवे स्टेसनमा गीत गाएर बस्थि, त्यहाँ उठेको पैसाले आफ्नो भोको पेट भर्थिन् । एक दिन एक यात्रुले रानुको भिडियो खिचे, सामाजिक सन्जालमा हाले । अनि उनी भाइरल भइन् । यता सामाजिक सन्जालमा रानु भाइरल हुनुको अर्थ के भयो भने उनका दुःखका दिन सकिए । कतिसम्म भने रानुलाई हिमेश रेशमियाले आफ्नो फिल्ममा गीत गाउन पनि दिए । रानुसँग त अब नाममात्र होइन, पैसा पनि भएको छ ।

यो कथासँगै अर्को कथा पनि उनको जीवनमा थपिएको छ । उनीसँग १० वर्षपछि उनकी छोरी पनि भेट्न आएकी छिन् । रानुकी छोरी खासमा सम्बन्धविच्छेद गरेर बसेकी रहिछिन् । किराना पसल चलाएर बस्ने रानुकी छोरी सातीकी एक छोरा पनि रहेछन् । आमा भाइरल भएपछि उनी आमासम्म पुगेकी छिन् ।

ट्रेण्डिङ