
१० भाद्र २०७६, भक्तपुर । भक्तपुर क्यान्सर अस्पताललाई भक्तपुर नगरपालिकाले आफू मातहत ल्याएपछि सेवाग्राहीले पाउने सुविधामा सहज भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.ऋषिकेशनारायण श्रेष्ठले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको बताउनुभयो । नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिन सकेको जानकारी दिँदै उहाँले बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको प्रस्ट पार्नुभयो ।
पुरानो व्यवस्थापन हुँदा दैनिक ८० जना बिरामी भर्ना हुने गरेकामा हाल १२० जना बिरामी भर्ना हुने गरेका छन् । पुरानो समिति हुँदा दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको डा. श्रेष्ठले बताउनुभयो । पछिल्लो समय बिरामी भर्नाका लागि आवश्यक बेडसमेत नभएको उहाँको भनाई छ ।

Related




