
१० भाद्र २०७६, काठमाडौं । पछिल्लो समय लगातार बढेको सुनको मूल्य मंगलबार भने घटेको छ । छापावाल सुन सोमबारको तुलनामा मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको हो। हिजो ७३ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज तोलाको ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भदौ महिनामा पहिलोपटक सुनको भाउ घटेको हो। चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज पनि ८ सय ६० रुपैयाँ तोलामै कारोबार भइरहेको छ। अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि धेरै महँगो भएको हो ।






