हामीसँग जोडिनुहोस

कोटेश्वरमा हटाउनै नसकिने अत्याधिक जाम

1 मिनेट

११ भाद्र २०७६, काठमाडौँ । चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ ।
त्यहाँको ट्राफिक व्यवस्थापनका लागि हरेक महिना छलफल हुन्छ, आकर्षक योजना बन्छन् तर कार्यान्वयन पक्ष शून्यजस्तै छ । यो जामले सबैलाई हैरान पारेको छ । अरनिको राजमार्ग भएर राजधानी आउने र जाने सवारी साधनहरू कतिपय अवस्थामा आधा घन्टादेखि दुई घन्टासम्म जाममा पर्ने गरेको गुनासो सर्वसाधारणको छ । त्यति मात्र होइन, कार्यालय आउने र जाने समयमा पनि दैनिक उत्तिकै सास्ती खप्नु परेको भनाइ यात्रु रामेश्वर श्रेष्ठको छ ।
चक्रपथ रुटमा चल्ने गाडी आउने र जाने दुवै सडक किनारामा त्यहीँ रोकेर ओराल्ने र चढाउने व्यवस्था छ तर त्यसमा समस्या बीसको उन्नाइस भएको छैन । यो समस्याको समाधानकै लागि यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जाम घटाउन रोक्न नपाउने तर चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) व्यवस्था लागू गरेको थियो तर केही दिनयता ‘पिक एन्ड ड्रप’बाट पनि जाम घटाउन नसकिएको भनाइ ट्राफिक प्रहरीको छ ।
कोटेश्वरचोकमा स्मार्ट ट्राफिक बत्तीका साथै आकासेपुलको अभाव छ । कार्यालय समयमा सर्वसाधारणले बाटो काट्ने र सवारी साधनहरू पनि चारैतर्फबाट एकैसाथ पुग्ने भएकाले लामो जाम हुने गरेको भनाइ त्यहाँ कार्यरत ट्राफिक प्रहरीको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।