
१० भाद्र २०७६, काठमाडौ । सिद्घार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा शनिबार टोखा नगरपालिकास्थित भूतखेलपार्क रचण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवा रोपेको जनाएको छ ।
बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले चण्डेश्वरी युवाक्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको भन्दै वृक्षारोपणपछि १ वर्षसम्म बोटबिरुवाहरूको संरक्षण चण्डेश्वरी युवाक्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिने पनि जनाएको छ । उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १ सयवटा फलफूलका बिरुवा रोपेको तथथा महाराजगन्ज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवा रोपेको जनाएको छ ।

Related

अन्य समाचार
८० लाखको व्यापार गर्दै सम्पन्न भक्तपुर औद्योगिक महोत्सवमा, एक लाख भन्दा बढीले गरे अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






