
११ भाद्र २०७६, इण्डोनेसिया । इण्डोनेशियको हालको राजधानी जलवायु परिवर्तनका कारण डुब्दै गएपछि राजधानी अर्को ठाउँमा सार्ने योजना घोषणा गरेको छ । राष्ट्रपति जोको विदोदोले अब देशको मध्य–भागमा रहेको बोरनियो टापूको इण्डोनेशियाली भागमा राजधानी बन्ने जानकारी दिनुभयो ।
राजधानी स्थानातरणको लागि इण्डोनेशिया सरकारले ३३ अर्ब अमेरिकी डलर खर्चने अनुमान गरेको छ । जाकर्तामाथि ठूलो भार परिरहेकाले यो कदम आवश्यक भएको राष्ट्रपति विदोदोले बनाउनुभयो । जाकर्ता एक करोड मानिस बसोबास गर्छन् । ठूलो जनघतत्वको कारण सहरमाथि प्रदुषण र ट्राफिक चापको भार परेको छ । त्यस अतिरिक्त जाकर्ता तटिय सहर हो जुन समुन्द्री सतहको वृद्धिले जोखिममा छ ।
जाकर्ता सहर बस्नु अघि सो क्षेत्रमा धाप थियो । त्यसबाहेक अव्यवस्थित नाली प्रणालीको कारण सहरको ४० प्रतिशत भाग समुन्द्रको सतहमुनि परेको छ ।
जाकर्ताको केही भाग वार्षिक रुपमा १०–२० सेन्टिमिटर धसिरहेको बताइन्छ । जाकर्ता विश्वको सबैभन्दा तीव्र गति धसिरहेको क्षेत्र हो ।
सरकारले ठूलो स्तरको नयाँ समुन्द्र प्रतिरक्षा प्रणालीको योजना बनाएको भए पनि परियोजनाको सुस्त गतिमा अघि बढिरहेको छ । यसप्रति विदोदोले विभिन्न समयमा असन्तोष व्यक्त गर्नुभएको छ ।





