
११ भाद्र २०७६ धनगढी । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपामा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्रीले कानुन उल्लंघन गरेर मन्त्रिपरिषद्को बैठक आह्वान गरेको आरोप लगाउनुभएको छ । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा रावलले मूलकबाहिरबाट प्रधानान्त्रीले गरेको काम संविधानविपरीत भएको बताउनुभएको हो । नेपालको संविधान र नेपालको राजैतिक प्रणालीले र संसारका सबै राजैतिक प्रणालीले पनि अरू कसैको भूभागबाट आफ्नो राज्य र सरकार सञ्चालनको कुरा परिकल्पना समेत नगरेकाले बाहिरबाट मन्त्रिपरिषद् बैठक चलाउने कुरा संविधानको दृष्टिकोणबाट यसको औचित्य साबित गर्ने ठाउँ आफुले नदेखेको समेत स्पष्ठ पार्नुभयो ।






