हामीसँग जोडिनुहोस

भक्तपुरमा मनाईयो पञ्चदान पर्व

2 मिनेट

रमेश गिरी
११ भाद्र २०७६ भक्तपुर । भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवम् ठूलो पर्वका रूपमा दिपङ्कर बुद्धको परिक्रमा गराई भव्यरूपमा मनाइने पञ्चदान पर्व आज भक्तपुर र मध्यपुर ठिमीमा मनाइएको छ ।आज भक्तपुरको सूर्यमढीबाट सुरु भएको पञ्चदान पर्व एवं भक्तपुरका विभिन्न स्थानमा रहेका दीपङ्कर बुद्धलाई नगर परिक्रमा गरी थथुवहीस्थित भुइख्यलमा ल्याई बौद्ध धर्मावलम्बीको धार्मिक विधिअनुसार पूजाआजा गरी पाँच दीपङ्कर बुद्धलाई पूजा गरिएको छ ।

बुद्धको पाँच स्वरूपमध्ये पाँच बिहारहरु भक्तपुरको प्रमुख क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, त्यसैगरि साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थधुबही, महाविहार र दूधपाटीको कथुबही महाविहारबाट दीपङ्कर निस्किएर नगरको बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । पाँच बुद्धको प्रतिमूर्तिसहित नगर परिक्रमा गरिएको दिपङ्कर सूर्यमढीको आश्री
पदम बिहारमा आएर एकै ठाउँ भेला भएको थियो । आज बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्यन, वाहवाही भिक्षुलाई भिक्षा दान दिइएको छ । दीपङ्कर बुद्धलाई विशेष गरी पञ्चदानका रूपमा चामल, सुपारी, धान, मकै, गहुँ, भटमास, ढिके नून, पैसा, सुन चाँदी आदि चढाइछ । यही अवसर पारी भक्तजनले दीपङ्कर बुद्धलाई जमिनबाट उत्पादन भएका विभिन्न प्रकारका काँचो खाद्यवस्तु आफ्नो गच्छेअनुसार चढाउने र दान दिने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बीहरूका अनुसार दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेतले नगर परिक्रमा गरि पञ्चदान भिक्षाग्रहण गरेका छन् ।

बौद्ध धर्मावलम्बीले आजको दिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनआस्था रहेको स्थानीय पुष्परत्न शाक्यले बताउनुभयो ।नेपाल सम्वत् ५१२ मा शिवदेव त्रितियाको शासनकालमा पैसा समेत राखेर पञ्चदान पर्वका लागि गुठी संचालन गरिएको ताम्रपत्रमा उल्लेख भए अनुसार यो पर्व ने.स. ५१२ भन्दा अगाडि नै सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो–“आजको दिनलाई सत्ययुगको उदय भएको दिनको रुपमा मानिन्छ, साथै धानका देवताका रुपमा समेत मानिने भएकाले धान लगायतका अन्नहरु चढाउने र दान दिने प्रचलन छ ।”बुद्ध धर्ममा दानको असत महत्व भएकाले आजको दिनमा जसल जति सक्छ त्यति दान दिने मान्यता अनुसार विशेष शाक्य, मानन्धर, बज्राचार्य लगायत नेवार समुदायले दान दिने प्रचलन रहेको छ । विहान निस्किएको दिपंशरको नगर परिक्रमा अपरान्ह चार बजेसम्म चलेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।