हामीसँग जोडिनुहोस

ब्रिटिस प्रधानमन्त्रीले लिए संसद निलम्बित गर्ने निर्णय, देशभर व्यापक विरोध

1 मिनेट

१२ भाद्र २०७६ । ब्रिटेनकी महारानीले संसद निलम्बित गर्ने बोरिस जोनसन सरकारको सिफारिसलाई स्वीकृति दिएकी छन् । अब ब्रिटिस संसद सेप्टेम्बर र अक्टोबरका पाँच हप्ता निलम्बित हुनेछ । आलोचकले संसद भङ्ग गरेर जोनशनले संसदमा बहस रोक्न खोजेको बताएका छन् । तिनले जोनशनको कदमलाई ‘संसदविरुद्धको कु’ बताइरहेका छन ।
जोनसनले भने पाँच हप्ता संसद भंग गर्दा पनि ब्रेक्जिटबारे वहसको लागि समय हुने बताएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसद डोमिनिक ग्रिवले सरकारकाले यस कदमलाई ‘आपत्तिजनक’ बताए । उनले यसबाट बोरिस जोनसनको सरकार ढल्न सक्ने बताए ।
क्याविनेट मन्त्री माइकल गोभले संसद भंङ्गबारे बोल्दै यसले सम्झौता नगरी ब्रेक्जिट सम्पन्न गर्ने वर्तमान सरकारको प्रयासमा विपक्षीको विरोध पन्छाउने राजनीतिक कदम नभएको बताए । गोभले ब्रेक्जिट सम्पन्न गर्नको लागि अक्टोबर ३१ समय निर्धारण गरिएकाले अझै पनि बेक्जिटबारे वहस गर्नको लागि ‘प्रशस्त समय’ हुने बताए ।
बुधबार जोनसनले संसद भङ्ग भएपछि अक्टोबर १४ मा महारानीको भाषण हुने र त्यसमा उनको ‘अत्यन्त रोमाञ्चक एजेण्डा’हरु रेखाङ्कन हुने बताए ।
बोरिस जोनसनले भने ,‘हामीलाई नयाँ कानुनको आवश्यकता छ । हामी नयाँ र महत्वपूर्ण विधयक लिएर आइरहेका छौं । यसैले हामीले महारानीको भाषण राखेका हौं ।’

ट्रेण्डिङ