हामीसँग जोडिनुहोस

१५४ औं मोती जन्मजयन्ती मनाईयो

1 मिनेट

१३ भाद्र २०७६, भक्तपुर । नेपाली साहित्यका मुर्धन्य स्रष्टा एवं युवाकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्ती मनाईएको छ ।

भक्तपुरको च्याम्हसिँहस्थित वागीश्वरी माध्यामिक विद्यालय र कलेजले युवाकवि भट्टको सम्झनामा आज गजल गोष्ठीको आयोजना गरि जयन्ती मनाएको हो ।

कार्यक्रममा स्रष्टाहरु कविराज तामाङ, ईश्वर थोकर, श्याम माकजू, राष्ट्र पुकार, दिलकुमार बाला, काशीराम विरस, लालबहादुर भुजेल, दधिराम गेलाल, रवीन्द्र न्हेमाफूकी, जितेन्द्र रसिक, हरिसुन्दर छुकां, कमल रिजाल, श्यामसुन्दर कायस्थ सुप्रिय थापा रुसिस त्रिपाठी लगायतले गजल वाचन थिए ।

त्यसैगरि विद्यार्थीहरु आशिका ढकाल, कृष्मा तामाङ, राजकुमार तामाङ, निमा लामा लगायत १० जना विद्यार्थीले गजल वाचन गरेका थिए ।

त्यसअवसरमा कार्यक्रमका सभापति एवं विद्यालयका सहायकप्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक हरिप्रसाद बास्तोला लगायतले मोतीराम भट्टले नेपाली गजलमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।