हामीसँग जोडिनुहोस
Latest
मङ्लबार, साउन २६, २०८३

पर्यटनमन्त्री भट्टराई र पूर्वप्रधानमन्त्री देउवाबीच भेटवार्ता

0 मिनेट

१४ भाद्र २०७६ काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मन्त्री भट्टराईले शनिबार बिहान देउवा निवास बूढानीलकण्ठ पुगेर भेटघाट गर्नुभएको हो । भेटका क्रममा मन्त्री भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिनपहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको बताइएको छ । मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारे देउवाले महत्त्वपूर्ण सल्लाह सुझाव दिएको मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गर्नुभएको छ ।

ट्रेण्डिङ