१५ भाद्र २०७६ । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन् । एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो । टेक्सासका प्रहरी प्रवक्ताले घटनाको पुष्टि गर्दै गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको जनाएका छन् । ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार, २ वर्ष मुनिका बच्चालाई समेत बन्दुकधारीले गोली दागेका छन् । ती बच्चाको अहिले ओडेसाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
ओडेसा नगरका प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले आफ्नो गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए । अन्दाजी ३० वर्षका ती बन्दुकधारी त्यसपछि हुलाक सेवाका ट्रक नियन्त्रणमा लिएर मिडल्यान्ड नगरतर्फ हुइँकिएका थिए । प्रहरीले एक संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारेको छ । उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको हो । घटनामा अन्य व्यक्तिको संलग्नता रहेरनरहेको बारे अनुसन्धान भइरहेको बताइएको छ ।
Related
अन्य समाचार
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ३ लाख नाघ्यो
-
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
-
आज International Day of Human Space Flight विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

1 मिनेट