हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

तीजमा पशुपतिको पूर्वीढोका खुल्ने

0 मिनेट

१५ भाद्र २०७६ , काठमाडौं । हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका भक्तजनका लागि यसपालि खुल्ने भएको छ । तीजका बेला यो ढोका दुई दशकदेखि बन्द थियो । पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । झङ्केश्वरीबाट छुट्टै व्यवस्था पनि गरिएको छ । मन्दिरको पश्चिम द्वारबाट भने सबै भक्तजन बाहिरिने व्यवस्था गरेको छ । पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक परिचयपत्र वाहकलाई भने पङ्क्तिबद्ध हुन नपर्ने र खटिएका स्काउट टोलीको साथ लागेर सोझै मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । (गोरखापत्रबाट)

ट्रेण्डिङ