हामीसँग जोडिनुहोस

भारतमा नयाँ ट्राफिक नियमः मापसे गरेर सवारीसाधन चलाए ६ महिना जेल र १० हजार जरिबाना

1 मिनेट

१५ भाद्र २०७६, नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा आइतबारबाट नयाँ ट्राफिक नियम लागू भएको छ । यसअघि प्रचलनमा रहेको जरिबानालाई पाँचदेखि ३० गुणा वृद्धि गरेर भारतमा सेप्टेम्बर १ अर्थात् आजबाट नयाँ ट्राफिक नियम लागू गरिएको हो । देशभर लागू भएको नयाँ ‘मोटर भेइकल एक्ट’ अनुसार आजदेखि बिना लाइसेन्स सवारी साधन चलाए पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । यसअघि भारतमा बिना लाइसेन्स सवारी साधन चलाए पाँच सय जरिबानाको व्यवस्था थियो । हेल्मेट बिना मोटरसाइकल चलाए भारतमा एक हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म लाइसेन्स निलम्बन गरिने भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार नशालु पदार्थ सेवन गरेर सवारी साधन चलाए प्रहरीले १० हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने अधिकार पाएको छ । यसअघि मदिरा सेवन गरेर सवारी साधन चलाएको फेला परे प्रहरीले दुई हजार रुपैयाँ जरिबाना गर्ने गरेको थियो ।

ट्रेण्डिङ