
१५ भाद्र २०७६ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३ हजार ५६५ खेलाडीहरूले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलको नेतृत्वमा ६ जना नेपाली खेलाडीहरुको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन्। मनिकासँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिंह, दिपक बास्तोला दिपेन्द्र ठाकुर लगायतका खेलाडिले सहभागिता जनाएका थिए । प्रतियोगिता यहि अगस्ट २६ देखि ३० सम्म कोरियामा भएको थियो ।






