हामीसँग जोडिनुहोस

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आजबाट पुनः ७ घन्टा बन्द हुने

1 मिनेट

१५ भाद्र २०७६ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आजबाट पुनः ७ घन्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नोटाम जारी गर्दै आज बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गर्न लागेको हो । नोटाम जारी भएको समय अर्थात् रातको २ बजेबाट साढे २ बजेसम्म भने नेपाल एयरलाइन्सको ओसाका उडान भर्ने विमानका लागि नोटाम लागू हुने छैन । नेपाल एयरलाइन्सले भदौ १२ बाट ओसाका उडान गर्दैछ ।
विमानस्थलको ट्याक्सी वे, ट्याक्सी वे र रन–वे बीचको लिंक रोड जोड्ने कामका लागि प्राधिकरणले नोटाम जारी गर्दै विमानस्थलमा हुने उडान तथा अवतरण बन्द गर्न लागेको हो । साथै उक्त समयमा रन–वेमा लाइटिङको काम पनि हुने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री बताउँनुहुन्छ ।
यसअघि चैत १८ गतेबाट असार १५ गतेसम्म बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलको सबै उडान तथा अवरतण बन्द गर्दै धावनमार्गको पिच परिर्वतनको काम भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।