हामीसँग जोडिनुहोस

समाजवादी पार्टीले प्रदेश २ का आठै जिल्लाको इन्चार्ज तोक्यो

1 मिनेट

१५ भाद्र २०७६ । समाजवादी पार्टीको मधेस प्रदेश समितिले आठै जिल्लाको इन्चार्ज तोकेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा शनिबार जनकपुरमा बसेको प्रदेश कमिटीको बैठकबाट इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो। बैठकबाट पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा क्रमशः सिंहासन साह, रामबाबु यादव, व्रिजकुमार यादव, राजेश सिंह, सरोज सिंह कुशवाहा, रामअशिष यादव, बादल यादव र सत्यनारायण यादवलाई इन्चार्ज तोकेको छ। महोत्तरीको इन्चार्ज ताकिएका कुशवाहा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री छन् भने धनुषाको इन्चार्ज तोकिएका यादव सांसद हुन्। यस्तै बाराको सह इन्चार्जमा उषा यादव, रौतहटको सह इन्चार्जमा वीरेन्द्र यादव, सर्लाहीको सह इन्चार्जमा पञ्चराम लो. तामाङ, महोत्तरीको सह इन्चार्जमा रमेश यादव, सिरहाको सह इन्चार्जमा मनोज सिंह र सप्तरीको सह इन्चार्जमा रामाकान्त चौधरीलाई चयन गरिएको छ। पर्सा र धनुषाका सहइन्चार्ज भने तोक्न सकेनन्। नाम बैठकमा पेस गरिए पनि विवाद भएपछि पछि टुंगो लगाउने सहमति बनेको एक पदाधिकारीले बताए। बैठकबाट प्रदेशस्तरमा विभिन्न ११ विभागसमेत गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। पार्टी स्कूल तथा प्रशिक्षण विभागमा रामपृत पासवान, स्थानीय तह विभागमा सुशिल कुमार यादव, कार्यालय व्यवस्थापन समितिमा उर्मिला साह, संगठन विभागमा शम्भु झा, प्रचारप्रसार तथा प्रकाशन विभागमा दिनेश यादव र युवा तथा विद्यार्थी विभागमा ज्ञानेन्द्र यादवलाई तोकेको छ। यस्तै, कृषि तथा सहकारी विभागमा रामकैलास यादव, आर्थिक विभागमा रेणु यादव, महिला विभागमा उषा यादव, समाजिक सेवा विभागमा रामअशिष यादव र ट्रेड युनियन विभागमा ओमबाबु गुप्ता प्रमुख भएका छन्। यस्तै, बैठकले लक्ष्मी महतो (महोत्तरी, चन्देश्वर महतो (धनुषा), रामनरेश यादव (महोत्तरी), अशोक कुमार यादव (सर्लाही), अब्दुल कलाम फुलबाबु (रौतहट) र मोजेबुल रहमान (महोत्तरी)लाई प्रदेश कमिटीमा मनोनित गरेको छ। बैठकमा प्रदेश अध्यक्ष विजयकुमार यादवले समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गरे उनले गुट उपगुटमा नअल्मिन सबै पदाधिकारीसँग आग्रह गरेका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले संगठन विस्तारमा जुट्न निर्देशन दिएका छन्। उनले राष्ट्रिय जनता पार्टीसँग एकता र संघीय सरकारबाट हट्ने विषयमा केही नबोलेको प्रदेश कमिटी सदस्य दिपेश यादवले जानकारी दिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।