हामीसँग जोडिनुहोस

महानगरीय प्रहरी बृत्त जगातीले चोरी गिरोहमा संलग्न रहेको अभियोगमा चारलाई पक्राऊ

2 मिनेट

१५ भाद्र २०७६ । चोरीएका व्याट्री ओसार पसार गर्ने दुई वटा गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्री सहित प्रहरीले चार जनालाई आज विहान पक्राऊ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातीले उक्त चोरी गिरोहमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राऊ गरि आज सार्वजनिक गरेको हो ।

पक्राऊ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. ९ घरभई हाल मध्यपुरथिमिको राधे राधे बस्ने २२ वर्षीय मनोज सापकोटा, दोलखा बैतेश्वर गाउँपालिका वडा नं. ३ पुतलीघाट घर भई राधे राधे बस्ने ३१ वर्षीय बिमल श्रेष्ठ, भारत मोतिहारी पताही थाना घरभई मध्यपुरथिमि बस्ने २१ वर्षाीय चन्दन कुमार र भारत मुझफरपुर पूर्वीचम्पा।ण घरभई ललितपुर महानगरपालिका ३ धोवीघाट बस्ने ३७ वर्षीय सुरेन्द्र चौधरी रहेका छन् ।

प्रहरीले व्याट्री चोरिएपछि ओसारपसार गर्ने कवाडी पसलसमेत संचालन गर्दै आएका बिमल श्रेष्ठको प्रदेश नम्बर ०३–०१–०२२ प.२१६६ नम्बरको कार र चोरिएको व्याट्री लोड गर्दै गरेको ना.२ ख. ४३५४ नम्बरको भ्यान, १८४ थान व्याट्री र चोरीमा प्रयोग हुने रड एवं रेञ्चु समेत बरामद गरेको प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

प्रहरी बृत्तमा ५०० भन्दा बढी व्याट्री चोरी भएको उजुरी आएपछि ठूलै गिरोह सक्रिय रहेको आशंका र सुराकीको आधारमा प्रहरीले जगातीको आदर्शबाट राती व्याट्री चोरी गरिरहेकै अबस्थामा प्रहरीले मनोज सापकोटालाई पक्राऊ गरेपछि गिरोहको पर्दाफास भएको उहाँले जानकारी दिनुभयो ।

भक्तपुरका बिभिन्न सडकमा रोकिराखेका बस, ट्रक लगायत बिभिन्न सवारी साधनबाट राती सापकोटाले व्याट्री चोर्ने, चोरेको व्याट्री श्रेष्ठको निजी कारमा हालेर राधेराधे पुर्याउने, त्यस स्थानबाट भारतीय नागरिक चन्दन कुमारलाई बुझाउने र कुमारले ललितपुरको धोविघाटमा रहेको चौधरीको ग्यारेजमा पुर्याएर बिक्री गर्ने गरेको खुलासा भएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

चोरिएको व्याट्री दुई हजारमा सापकोटाले श्रेष्ठलाई बिक्री गर्ने, श्रेष्ठले कुमारलाई र कुमारले चौधरीलाई सस्तोमा व्याट्री बिक्री गर्ने गरेको पाईएको छ । चौधरीले भने खरिद गरिएको चोरीका व्याट्री विगारेर भारतीय बजारदेखि सम्बन्धित व्याट्रीका कम्पनीसम्ममा कवाडीको रुपमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनममा उहाँले जानकारी दिनुभयो ।

पक्राऊ परेकाहरुले भक्तपुर, मध्यपुरथिमि, राधेराधे, कौशल्टार, बौद्ध, साँखु, थानकोट, चोभार लगायतका बिभिन्न ठाउँबाट संगठित रुपमा स्काईभेटर, टिपर, ट्रक, बस, लगायतका सवारी साधनबाट व्याट्री चोरी गर्ने गरेको पाईएको छ ।

प्रहरीले संगठित रुपमा चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धा दायर गरि आजै भिक्तपुर जिल्ला अदालतमा म्याद थप गरिएको जानकारी दिदै चोरी कसुरमा बिगो बराबर जरिवाना र सात वर्ष कैद सजाय हुने उेनमा व्यबस्था भएको उहाँले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।