हामीसँग जोडिनुहोस

वन विधेयकको अवधारणामाथि काँग्रेसको आपत्ति

1 मिनेट

१६ भाद्र २०७६, काठमाडौं । सरकारले ल्याएको वन बिधेयक को अवधार।णामाथी प्रमुख प्रतिपक्षि दल नेपाली काँग्ृसले आपत्ति जनाएको छ । नेपाली काँग्रेसका राष्ट्रियसभा सांसद राधेश्याम अधिकारीले वनको व्यवस्थापनमा संघीय सरकारले हस्तक्षेप गर्ने गरी सो विधेयकको सैद्धान्तिक अवधारणा आएको दावी गर्दै आपत्ति जनाउनुभएको हो । सोमबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले वनको संरक्षणको लागि सुरक्षाकर्मी परिचालन गर्ने कुरा संघीय सरकारले मातहत रहने गरी कानुन बनाउन खोजिएको भन्दै त्यसलाई तत्काल सच्याउन मा ग समेत गर्नुभएको छ । सांसद अधिकारीले संघीयतमा गएपछि वन व्यवस्थापनको सम्पूर्ण अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने संवैधानिक व्यवस्था विपरित सरकारले सो विधेयक ल्याएको दावी गर्दै मान्य नहुने अडान राख्नुभयो ।
यता, वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले सुरक्षाकर्र्मीहरु संघीय सरकारको मातहत हुने भएकाले वन व्यवस्थाका लागि उनीहरुलाई परिचालन गर्ने अधिकार संघीय सरकारले नै गर्नेगरी कानुनी व्यवस्था गर्न लागिएको स्पष्टिकरण दिनुभएको थियो । उहाँले वन संरक्षण संवेदनशील विषय भएकाले यसको संरक्षणका लागि विशेष व्यवस्था गरेर अघि बढनुपर्नेमा पनि जोड दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।