हामीसँग जोडिनुहोस

चक्कु प्रहार गरी काठमाडौंको सीतापाइलामा एक युवकको हत्या, ३ जना पक्राउ

0 मिनेट

१७ भाद्र २०७६ । चक्कु प्रहार गरेर काठमाडौंको सीतापाइलामा २५ वर्षीय आकाश बस्नेतको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बस्नेत नागार्जुन नगरपालिका–५ निवासी हुन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का १९ वर्षीय हिमांशु क्षेत्री, धादिङको गजुरी–२ घर भई सीतापाइला बस्ने २० वर्षीय सागर तामाङ र दोलखाको मेलुङ्ग गाउँपालिका–५ घर भई सीतापाइला बस्ने बुलेट भनिने सुवास श्रेष्ठ छन् ।
सोमबार साँझ सामान्य विवाद हुँदा उनीहरुले बस्नेतलाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका मनमोहन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

ट्रेण्डिङ