हामीसँग जोडिनुहोस

पन्ध्रदिन भित्र तार व्यबस्थापन नगरे कारबाही

2 मिनेट
Bhaktapur District Map

भक्तपुर, । सडक भरी जथाभावी लत्रिएर दुर्घटनाको कारण बन्दै आएको केबुल तथा ईन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु आगामी १५ दिनभित्र व्यबस्थापन नगरे कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी नारायण भट्टको अध्यक्षतामा हनुमन्ते सफाई अभियानको संयोजनमा सरोकारवाला निकाय बिच भएको छलफलमा यस्तो निर्णय भएको हो ।
प्रजिअ भट्टले कुनैपनि बाहनामा केबल टिभि तथा ईन्टरनेट प्रदायक कम्पनीले पन्छिन नपाउने भन्दै १५ दिन भित्र सडकमा लत्रिएका तार केबुल टिभि र ईन्टरनेट कम्पनीले व्यबस्थापन गर्न निर्देशन दिदै अन्यथा कारबाही गरिने बताउनुभयो ।
अन्यथा कारबाही अगाडि बढाउँदै लत्रिएका सबै तार काटेर व्यबस्थापन गरिने बताउदै त्यसबाट पुग्ने असुविधाको जिम्मेवारी स्वयं कम्पनीले लिनुपर्ने निर्देशन दिनुभयो ।
उहाँले गल्ती निजी कम्पनीले गर्ने अनि त्यसको दोष सरकारलाई दिने प्रबृत्ति बढेकाले तत्काल तार व्यबस्थापन गर्न निर्देशन दिनुभएको हो ।
हनुमन्ते सफाई अभियानका सहसंयोजक एवं सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुन बस्नेतले सडकको विचमा रहेको विद्युत र टेलिकमको खम्बा अझै नसारिदा निकै समस्या आएकाले यसको व्यबस्थापनमा समन्वय गरिदिन प्रजिअलाई आग्रह गर्नुभयो ।
हनुमन्ते सफाई रुद्र पौडेलले अरनिको राजमार्ग खण्डको जरिबुटीदेखि नै अब्यस्थित रुपमा गुजुल्टो बनाएर लतारिएका नेपाल टेलिकम, बिभिन्न ईन्टरनेट प्रदायक कम्पनीका तारहरुले दैनिक दुर्घटना बढाएको बताउनुभयो ।
अभियन्ता नवराज काफ्लेले समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण मध्यपुरथिमि शाखाका प्रमुखको नेतृत्वमा १३ सदस्यीय समिति गठन भएपनि यसलाई प्रभावकारी बनाउन प्रजिअले भूमिका निर्वाह गर्नुपर्ने औल्याउनुभयो ।
हनुमन्ते सफाई अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले गत शनिबार सफाई अभियान कै क्रममा जडिबुटीदेखि लोकन्थलीसम्मको लत्रिएका तीन ट्रक तार व्यबस्थापन गरिएको बताउदै लत्रिएका तारबाट हुने दुर्घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गर्नुभयो ।
छलफलमा नेपाल विद्युत प्राधिकरणका थिमि शाखाका प्रमुख मेघनाथ ढकालले अनुमति र सम्झौता समेत नगरी नियम विपरित ईन्टरनेट प्रदायक कम्पनी र केबल टेभिले विद्युतको खम्बामा जथाभावी तार राखेको बताउनुभयो ।
उहाँले टेलिकमले मात्रै सम्झौता गरे पनि अन्यले जथाभावी तार राख्ने र पटक पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेको बताउनुभयो ।
छलफलमा सहभागि भएका केबल टेलिभिजन र विभिन्न ईन्टरनेट प्रदायक कम्पनीका जिल्ला प्रमुखहरुले केन्द्रीय तहबाटै समस्या समाधान गर्ने आदेश नआएसम्म तार व्यबस्थापन गर्न नसक्ने बताएका थिए ।
प्रजिअ भट्टले जडिबुटीदेखि साँगासम्मको सडकमा जाम हटाउन सर्भिस ट्रयाक संचालनमा ल्याउन र त्यस क्षेत्रमा हुने अब्यबस्थित पार्किङ्ग हटाउन नगरपालिकाले बैकल्पिक पार्किङ्गको समेत व्यबस्था गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले मालपोत कार्यालय लगायत सेवाप्रदायक कार्यालयमा भएको ढिलासुस्ती हटाउन जिल्ला समन्वय समिति समेतको अनुगमिन समिति मार्फत पहल गरिने बताउनुभयो । जिल्लालाई भ्रष्टाचार मुक्त बनाउन सबैको पहल आवश्यक रहेको उहाँको भनाई छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।