
१८ भाद्र २०७६ , काठमाडौं । बुधबार सुन तोलामा १ हजारले बढेको छ। आज सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा ७२ हजार ५ सय रुपैयाँमा किचबेच भएको थियो । आइतबार र सोमबार ७२ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५ सयले बढेको थियो ।
यस्तै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।






