
१८ भाद्र २०७६, काठमाडौं । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने हुनुभएको छ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ ।
मङ्गलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै गौतम सिंगापुर जाने तयारी थियो । तर, गौतमले पार्टीको काम देखाउँदै अन्तिम समयमा सिंगापुर जाने कार्यक्रम रद्द गर्नुभउको थियो ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । गत ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल मंगलबार नै सिंगापुर गइसक्नुभएको छ ।






