१८ भाद्र २०७६, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन शुरु गरेका हुन् ।
शुरुको वर्षमा पाँच लाख रुपैयाँको बिक्री गरेपछि यस वर्ष २५ लाख रुपैयाँसम्मको बिक्री गरिसकेको उनले बताए । ‘विसं २०७२ भदौबाट खेती शुरु गरेको हुँ,’ उहाँले भने, ‘रोपेको तीन वर्षपछि फल दिन थाल्यो, शुरुमा भएर गत वर्षमा पाँच लाखको बेचेँ, अहिले झण्डै २५ लाख रुपैयाँको बेचिसकेको छु ।’
असारबाट फल्न शुरु गरेको सो फल मङ्सिरसम्म निरन्तर फल्ने उहाँको भनाइ छ । अब झन् फल लाग्ने समय बढ्दै गएकाले वार्षिक एक करोड रुपैयाँसम्मको आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
यो वर्ष १५ देखि २० हजार किलोसम्म फल्छ कि भन्ने सोचेकामा वर्षाका कारण बिग्रेरे कम फलेको पनि उहाँले बताए । तीन जना मिलेर ‘काँशीखण्ड ड्रागन एग्रिकल्चर फार्म’ दर्ता गरी शुरु गरेको सो खेतीमा जग्गासहित गरेर अहिलेसम्ममा करीब दुई करोड ५० लाख लगानी भएको श्रेष्ठले बताउनुभयो ।
Related
अन्य समाचार
-
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को मारेको छ : नगर प्रमुख सुरेन्द्र श्रेष्ठ
-
सूर्यविनायक र बेथानचोकका स्वास्थ्यकर्मीलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम, गाउँ गाउँमा प्राथमिक उपचारको तालिम पुर्याउने
-
पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन नेपाली कांग्रेसका नेताहरूको माग

1 मिनेट