हामीसँग जोडिनुहोस

चिनियाँ परराष्ट्रमन्त्रीलाई अहिले भ्रमण नगर्न भारतको आग्रह

1 मिनेट

१८ भाद्र २०७६ । भारतले चीनका परराष्ट्रमन्त्री वाङ यीलाई आफ्नो यात्रा स्थगित गर्न आग्रह गरेको छ । यी भदौ २३ गते भारत प्रस्थान गर्नु लाग्नुभएको हो ।
यात्राका क्रममा उहाँले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सीमा विवाद मुद्दामा चर्चाको कार्यक्रम थियो । यीको भ्रमण टार्नका लागि कुनै आधिकारिक जानकारी छैन । तर सूत्रहरूका अनुसार, कश्मीर मामिलामा चीनको धारणाका कारण भारतले यो निर्णय लिएको हो ।
आधिकारिक रूपमा चाहिँ चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमण स्थगनका विषयमा केही बोलिएको छैन । भारतसँग सीमा विवादको कुरा गर्न चीनले यीलाई विशेष प्रतिनिधि नियुक्त गरेको छ । अगस्ट महिनामा जम्मु–कश्मीरको धारा ३७० हटाइएपछि भारतका विदेशमन्त्री एस जयशंकरले चीन भ्रमण गरेका थिए । त्यतिखेर चिनियाँ परराष्ट्रमन्त्रीको भारत भ्रमणको कार्यक्रम तय गरिएको थियो ।

यी उत्तर कोरियाको भ्रमणमा जान लाग्दैछन् र त्यहीँबाट उनी शनिवार इस्लामाबाद जानेछन् । चीन, पाकिस्तान र अफगानिस्तानबीच त्रिपक्षीय शान्ति वार्ताका विषयमा चर्चा गर्दा सोमवार भारत आउने कार्यक्रम थियो । एजेन्सी

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।