
१८, भाद्र २०७६, भक्तपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेल कर असुलीको फैसलाप्रति असन्तुष्टी जनाउँदै भक्तपुरमा न्यायाधिशको पुत्ला जलाएको छ ।
एनसेल कर असुलीबारे सर्वोच्चले गरेको फैसला त्रुटीपूर्ण रहेको बताउँदै फैसला उल्टाउने पाँच न्यायाधिशको पुत्ला दहन कार्यक्रम अन्तर्गत नेकपाले भक्तपुर नगरपालिकामा पुत्ला दहन गरेको हो ।
पार्टीले भदौ १४ गते नै विज्ञप्ति जारी गर्दै सरकारकै इसरामा सर्वोच्चबाट राष्ट्रघाति फैसला भएको यसको विरुद्दमा देश भर विभिन्न आन्दोलनको कार्यक्रम तय गरेको थियो ।
उक्त पार्टीले सर्वोच्चको फैसलाको भत्र्सना गर्दै फैसला खारेज गर्न समेत चेतावनी दिएको छ ।

Related







