अहिलेका नयाँ स्मार्टफोनका अगाडि ‘आउटडेटेड’ मानिएको नोकियाको फ्लिप फोन कम्पनीले फेरि ल्याउने भएको छ । नोकिया फोन निर्माणकर्ता एचएमडी ग्लोबलले बिहिबार मात्र एक दशक अगाडिको ‘नोकिया २७२० फोल्ड’ को अपडेट गरिएको भर्जन सार्वजानिक गरेको हो ।
यसरी फोन पुरानो डिजाइनको भएपनि यस भित्रका फिचरहरु भने नयाँ र आधुनिक रहेको बताइएको छ जुन त्यस समयका फोनमा उपलब्ध थिएन । जस्तै फोर–जी मोबाइल इन्टरनेटदेखि गुगल असिस्टेन्ट, युट्युब, फेसबुक, वाट्सएप लगायत थुप्रै एपहरु चलाउन सकिने संचार एजेन्सी सिएनबीसीले जनाएको छ । त्यस्तै मोबाइल फोल्ड गरिसकेपछि आँफै फोन काटिने र बन्द हुने महत्वपूर्ण फिचर पनि यसमा रहेको बताइएको छ जुन पहिले भने उपलब्ध थिएन ।
यसैगरी फोनको २.८ इन्चको मुख्य डिस्प्ले सँगै बाहिरको कभरमा पनि १.३ इन्च स्क्रिन रहेको बताइएको छ । जस्तै तुलना गर्नुपर्दा आइफोन एक्सएसको स्क्रिन ५.८ इन्च रहेको छ भने म्याक्सको स्क्रिन ६.५ इन्चको रहेको छ । कालो र खैरो रङमा उपलब्ध हुने नोकिया २७२० ले वाइफाइ हटस्पटप पनि सपोर्ट गर्दछ । त्यस्तै यसको मूल्यका कारण पनि यो फोन धेरै आकर्षक मानिएको हो । कम्पनीका अनुसार यो ९८ डलरमा खरिद गर्न सकिनेछ ।
यसरी इलेक्ट्रोनिक ट्रेड शो, आइएफए २०१९ बर्लिनमा प्रर्दशन गरिने यो नयाँ फोन ‘नोकिया ओरिजिनल्स’ कै अंश हो जसले कम्पनीका पुराना ‘क्लासिक डिजाइन’ का फोनमा नयाँ अपडेटेड भर्जनहरु समावेश गर्दछ । पछिल्ला दुई वर्षमा एचएमडीले नोकियाको ‘बनाना फोन’ को नयाँ भर्जन पनि सार्वजानिक गरेको हो । यसरी २७२० फ्लिप फोनका साथै यसले अर्को नयाँ डिभाइस पनि लन्च गर्ने बताएको छ । यसमा सैन्य स्तरको फोन हुने उल्लेख गरिएको छ जसले जस्तोसुकै कठोर मौसममा पनि बिना अवरोध काम गर्न सक्नेछ । इन्डिपेन्डेन्टबाट

1 मिनेट