हामीसँग जोडिनुहोस

जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर

1 मिनेट

२२ भाद्र २०७६ । नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको जेलर कन्हैयाकुमार मिश्रले बताए।
सो शिविरमा १०२ पुरुष र २६ महिला गरी १२८ कैदीबन्दीको आँखाको उपचार गरिएको थियो । उपचारको क्रममा ६१ कैदीबन्दीमा आँखा पाक्ने समस्या, ४२ मा चश्मासम्बन्धी समस्या, सात जनामा मासु पलाएको समस्या, छ जनामा मोतियाविन्दु र १२ जनामा कुनै समस्या नरहेको फेला परेको दृष्टि विशेषज्ञ वीरेन्द्र यादवले बताए।

आँखा जाँचको क्रममा समस्या देखिएका सबै कैदीबन्दीलाई निःशुल्करूपमै औषधिसमेत दिइएको थियो । साथै मोतियाविन्दु फेला परेका छ र मासु पलाएका सातमध्ये एक गरी जम्मा सात जनालाई नेपाल रेडक्रस सोसाइटी शाखा बर्दिबासमा आइतबार वा सोमबार निःशुल्क शल्यक्रिया गरिने जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए।

कैदीबन्दीमा बाढीपछि देखिएको आँखासम्बन्धी समस्याको कारागारमै निःशुल्करूपमा उपचार पाएपछि सबै कैदीबन्दी निकै खुशी भएको चौकीदार (मूलकैदी) श्यामसुन्दर यादवले बताए। हाल महोत्तरीको जलेश्वर कारागारमा ४५४ पुरुष, ४५ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५०३ कैदीबन्दी छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।