
२२ भाद्र २०७६ । तुलसीपुरमा मदिराले मातेका ड्राइभरले चलाएको टे«क्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सडकमा गुडिरहेको रा १ त २६३१ नम्बरको ट्रेक्टर घरमै गएर ठोक्किदा तुलसीपुर–६ गोलौरा निबासी १३ वर्षका बालक अनिल सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिनुभयो ।
चालक कामु चौधरीले चलाएको ट्रेक्टर घरमै गएर ठोक्किीदा आगनमा बसेका बालकको मृत्यु भएको हो । घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

Related






