हामीसँग जोडिनुहोस

कम्युनिष्टको गढमा कांग्रेसले जीत

1 मिनेट

२२ भाद्र २०७६ । कम्युनिष्ट गढ मानिएको प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकै सरकारका अर्थमन्त्री डा युवराज खतिवडाको गृहनगर दमकमा कांग्रेस निकट व्यवसायीहरुले उद्योग वाणिज्य संघमा निर्वाचन जीतेपछि अवीर जात्रा भएको छ ।
आइतवार विहान सम्पन्न मतगणना अनुसार उद्योग बाणिज्य संघ दमकको अध्यक्षमा लोकतान्त्रीक समुहका गोकुल श्रेष्ठ बिजयी बन्नुभएको छ । प्रगतिशिल समुहका बिमल खतिवडालाई ४९५ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेष्ठ बिजयी बन्नुभएको हो । निर्वाचन समितिले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १४११ मत प्राप्त गरेका थिए भने उनहााँ निकटतम प्रतिद्वन्दी खतिवडाले ९१६ मत मात्रै प्राप्त गर्नुभयो ।
बरिष्ठ उपाध्यक्षमा भन्नुभयो प्रगतिशिलका देविप्रसाद गुरागाईं(गोपाल) बिजयी बन्नुभयोे । उहाँले १२७६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी लोकतान्त्रीकका सहदेव आचार्य(सुरज)ले १०१४ मत प्राप्त गर्नुभयो । प्रथम उपाध्यक्षमा लोकतान्त्रीकका राजु खड्का १२०९ मत प्राप्त गरी बिजयी भए भने प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गर्नुभयो । द्वितिय उपाध्यक्षमा लोकतान्त्रीककै राजकुमार योङया १०५२ मत प्राप्त गर्दै बिजयी बन्नुभयो । प्रगतिशिलका घनश्याम खनालले ९०६ मत र स्वतन्त्र उम्मेद्वार टिकाराम प्रसाईंले ३५५ मत प्राप्त गर्नुभयो । तृतीय उपाध्यक्षमा लोकतान्त्रीककै रमा लिम्बु १२०२ मत प्राप्त गर्दै बिजयी बनिन भने प्रगतिशिलका ज्ञाननाथ पौडेल(ज्ञानु)ले १०६१ मत प्राप्त गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।