हामीसँग जोडिनुहोस

राजमार्ग भएर गुड्ने गाडीसँग घूस रकम लिँदै गरेको अवस्थामा असई पक्राउ

0 मिनेट

२३ भाद्र २०७६ ,सिन्धुली । बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधानबाट घूस रकम लिँदै आएका एक ट्राफिक प्रहरी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई पक्राउ गरेको हो ।
असई माझीलाई बीपी राजमार्ग भएर गुड्ने गाडीसँग घूस रकम लिँदै गरेको अवस्थामा शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अख्तियारको टोलीले माझीलाई घूस रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले पुस्टी गरेका छन् ।

ट्रेण्डिङ